Logo

नेपालका लागि गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र



काठमाडौं, ११ असोज । नेपालका लागि गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपतिको कार्यालय, शितलनिवासमा गणतन्त्र कोरियाका राजदूत पार्क सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

शितलनिवासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आज मिति २०७७ साल असोज ११ गते, आइतबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ(आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।’



प्रतिक्रिया दिनुहोस्