Logo

चिनियाँ दूतावास घेर्न पुगेका नेविसंघ नेताहरू पक्राउ, काफ्लेको यस्तो चेतावनी (फोटोफिचर)



काठमाडौं, १२ असोज । नेपाल विद्यार्थी संघका आधा दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । सोमबार नेपालस्थित् चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघ पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरि मालीगाउँस्थित् प्रहरी प्रभागमा राखेको छ

पक्राउ पर्नेहरुमा नवराज त्रिपाठी, प्रमिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, पर्वत खड्का र दिपेन्द्र खड्का रहेका छन् । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै आफूहरुले देशैभरि प्रदर्शन गर्न लागिएको काफ्लेले जानकारी दिए । नेपाली भूमि मिचेको विरोधमा आफुहरुले विरोध तथा प्रदर्शन कार्यक्रम ७७ वटै जिल्लामा पुर्याउने तयारी गरेको काफ्लेको भनाई छ । आजको विरोध प्रदर्शनमा करिब २५ जना सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्