Logo

पिसिआर परीक्षण शुल्क किन बढि ? ह्याम्सका डाक्टरसँग ऋषि धमला यसरी जंगिए (भिडिओसहित)



काठमाडौं, १२ असोज । ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतेन्द्र शर्माले आफूहरुले सरकारले तोकेको मूल्य दरमा पिसिआर परीक्षण गर्न नसक्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा शर्माले यस्तो बताएका हुन् । उनले कोडिभको यो त्रासदीमा निजी अस्पतालहरुले सरकारलाई सहयोग गर्दै आएको विश्वास दिलाए । उनले भने,हामीले सरकारलाई सहयोग गर्दै आएका छौं । ब्रम्हलुट गरेको छैन् । सरकारले खडा गरेको अस्पताल र निजी अस्पतालको रेट कसरी एउटै हुन्छ ?’ निजी ल्याबहरुले अहिले पिसिआर परीक्षण शुल्क तीन हजार ८ सय ९९ लिने गरेको र यो शुल्क वैज्ञानिक रहेको पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्