Logo

दलित परिवारलाई राहत सामग्री वितरण



वीरगंज, ११ असोज । वीरगंज महानगरपालिका वडा–३१ बेलवास्थित दलित परिवारलाई आइतवार राहत वितरण गरिएको छ । छाया नेपाल, काठमाडौंको आर्थिक सहयोगमा पिसफोर दलित फाउन्डेसन नेपालले ५० घरधुरी दलित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिका–३१ का वडाध्यक्ष चुमन दास चौधरी, प्रकाश थारू चौधरी, हिरालाल चौधरीलगायतले दलित परिवारलाई राहत वितरण गरेको दलित फाउन्डेसन नेपाल, पर्साका अध्यक्ष मनोज रामले बताए ।



प्रतिक्रिया दिनुहोस्