थप सातजनामा कोरोना संक्रमण


वीरगंज, १२ असोज । पर्सा र बाराका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । आइतवार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्ष्Fणमा पर्साका ६ जना र बाराका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि डा अतुलेश चौरसियाले बताए ।

पर्सा र बाराको विभिन्न स्थानबाट १ सय ९१ जनाको स्वाबको नमूना परीक्षण गर्दा २४ वर्षदेखि ६५ वर्ष उमेरका एक महिलासहित थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा चौरसियाले बताए ।