Logo

भीमफेदी–कुलेखानी सडकखण्ड खुला



मकवानपुर, १२ असोज: अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ । उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाटो खुलेसँगै काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीसाधन सञ्चालनमा आएको छ ।

त्यस्तै, हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्