Logo

पहिलोपटक घट्टामा जाँदा र दोस्रो पटक मन्दिरभित्र बालिकामाथि बलात्कार



बझाङ, १२ असोज । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका खिकालाका बोहरा पक्राउ परेका हुन् ।

गत बुधबार बेलुका बोहराले गोरू पु¥याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । साथै राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अबस्थामा गत साउन २९ गते साँझ पनि जबरजस्ती करणी गरेका थिए ।

बोहोरालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्