Logo

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद



काठमाडौं,१२ असोज । भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका नेवाईका चन्द्र कुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गज सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा गोठमा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै दोलखा, बैतेश्वर गाउँपालिका योन्जन टोल नजिक जंगलमा लुकाई छिपाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी आइतबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्