Logo

तास खेलिरहेको अवस्थामा पक्राउ



कास्की, १२ असोज । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्