Logo

११ वर्षीया बालिका बलात्कृत



सप्तरी,१२ असोज । जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका शंकर साह पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशीका साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

साहले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी फत्तेपुर र ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्