Logo

कंगना रनौटले ट्रमको ट्विटमा दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी, १२ असोज । बलिउड अभिनेत्री कंगना रनौट केहि समय यता ट्विटरमा निकै संक्रिय छिन् । कंगनाले लगातार बलिउडसँग जोडिएका मुद्दा र सामाजिक मुद्दामा आफ्नो सल्लाह राख्ने गरेकी छिन्, जसमा अन्य मानिसहरुले पनि जवाफ दिइरहेका छन् ।

कंगनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एक ट्विटमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । वास्तवमा डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्धन्द्धी बिडेनलाई लागूऔषध जाँच गराउन भनेका थिए । जसमा कंगनाले प्रतिक्रिया दिएकी हुन् ।

ट्रम्पले ट्विटमा बिडेनको लागूऔषध जाँच गराउन मंगलवार राति जोडदार माग गरेका थिए । ट्रम्मको यस्तो ट्विट पछि कंगनाले ‘यो ट्विट कुनै सामाग्री होइन्, लागुऔषधको सेवन कालो दाग जस्तो हो । लागुऔषधलाई मानसिक रोग भन्दा राम्रो हुन्छ । हामीले यसलाई समाजिक रुपमा थाहा पाउनपर्छ । ’ भन्दै यस्तो प्रतिक्रिया दिएकी थिइन् ।

केही समय अघि कंगना रनौटको तुलना डोनाल्ड ट्रम्पसँग गर्दै राइटर शोभाले लेखिन् ‘के अमेरिकी डोनाल्ड ट्रम्प र कंगना रनौट उस्तै हुन् ?’ केहि समय पहिला ट्रम्पले केहि महिला सांसदको बारेमा अपशब्द बोलेका थिए जसको विरोध अमेरिकामा भएको थियो । पछि केहि मानिसहरुले शोभा डे लाई सिकार बनाउने कोशिश पनि गरेका थिए ।

पछिल्लो केहि महिना यता कंगनाले फिल्म स्टारदेखि राजनेतामाथि हमला गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा विभिन्न मुद्दा उठाएर सिधै नाम नै तोकेर आरोप लगाउदै आएकी छिन् । उनले पहिला नेपोटिज्म, पछि शिवसेना र हाल बलिउडमा लागुऔषधको मुद्दा उठाएकी थिइन् । उनले लागुऔषध माफिया र फिल्मी स्टार्सलाई लिएर लगातार आरोप लगाउँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्