Logo

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार



एजेन्सी, १२ असोज । सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ ।

एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट्सअपमा भएको च्याट सिगरेटको बारेमा भएको बताएका छन् तर उनीहरुले सिगरेट पिउने पनि आदत नभएको दाबी गरिरहेका छन् ।

सुशान्तले लागूऔषधस लिने गरेको पनि आफुहरुलाई जानकारी नभएको अभिनेत्रीहरुले एनसीबीसँग बताएका छन् । एनसीबीले टेक्निकल एनालासिसबाट धेरै जानकारी लिन सबै अभिनेत्रीहरुको मोवाइल लिइसकेको छ ।

एनसीबीले दिपिकासँग गेस्ट हाउसमा ५ घन्टा लामो सोधपुछ गरेको थियो । त्यस्तै श्रद्धा कपुरसँग भने ६ घन्टा लामो समयसम्म सोधपुछ गरेको थियो । सारा अलि खानलाई भने एनसीबीको कार्यालयमा नै सोधपुछ गरेको थियो । यसै विषयमा एनसीबीले धर्मा पोडक्सनका क्षितिज प्रसादलाई पनि गिरफ्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्