Logo

एयरपोर्टको शौचालय सफा गर्ने व्यक्ति एयरलाइन्सको मालिक बन्दै



मानिसले दुख गर्न छाड्नु हुँदैन अवश्य एकदिन सफलताको दिन आउँछ । समय यस्तो बलवान चीज हो, जसमा करोडपति एकदिन सडकमा आउन सक्छन् भने सडकमा भएका मानिसहरु एकाएक करोडपति पनि हुन सक्छन् । त्यसको लागि धैर्य र लगाव चाहिन्छ ।

आज हामी लन्डनका एक व्यक्तिको बारेमा चर्चा गर्छौ जसले एयरपोर्टमा पहिला शौचालय सफा गर्ने काम गर्दथे । उनकै आफ्नो ठुलो सोचको कारण आज उनी आफ्नो एयरलाइन्स शुरु गर्दैछन् । बंगलादेशमा जन्मिएका काजी रहमानको जिन्दगीलाई लिएर डकुमेन्ट्री बन्न लागेको छ । उक्त डकुमेन्ट्रीमा काजीको जीवनमा भएको सफलताबारेमा बताइएको छ । उनी एक बच्चाका पिता हुन् । उनी परिवारको साथमा ११ वर्षको उमेरमा बंगलादेशबाट ब्रिटेनमा आएका थिए ।

समाचार अनुसार काजीले लन्डन सिटी एयरपोर्टमा शौचालय क्लिनरको काम गर्थे । शौचालय सफा गर्न पनि उनी सुट लगाएर जाने गर्थे । डकुमेन्ट्रीमा भने अनुसार उनको सोच सुरु देखि नै ठुलो थियो । त्यसै समयमा पनि उनले एयरलाइन्सको कुरा गर्थे । बितेकोे २ वर्षदेखि उनले एयरलाइन्स आफैले खोल्नेमा ध्यान दिएका थिए ।

काजी रहमानको एयरलाइन्सको नाम फिरनास एयरवेज हो । फिरनास एयरवेजको पहिलो उडान ब्रिटेनको पहिलो शरियन कानुनमा चल्ने हुनेछ । अर्थात् यो एयरलाइन्समा इस्लामको कानुुन अनुसार सुविधा मिल्नेछ । यो एयरलाइन्समा हिजाब लगाएकी एयरहोस्टेस देखिनेछन् । काजीको एयरलाइन्समा रक्सी पिउन पाइनेछैन् । उनका अनुसार चाँडैनै फिरनासको पहिलो उडान गर्ने तयारी भइरहको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्