Logo

ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन



काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा कुरा मिल्न सकेन । दुई अध्यक्षबीच बालुवाटारमा घन्टौं वार्ता भएपनि संख्या र मन्त्रालयमा कुरा मिल्न नसकेको हो ।

मन्त्रालय फुटाएर २५ पुर्याउनेमा दुवै नेताबीच सहमति भएपनि कस्ले कति मन्त्रालय पाउने र कुन मन्त्रालय पाउनेबारे भागवण्डा नमिलेको हो । पूर्व माओवादीको भागमा हाल ७ मन्त्रालय रहेको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले कम्तिमा १० मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय दाबी गरेका छन् । गृह मन्त्रालयमा पूर्व माओवादीकै दाबी रहेको छ । यसबाहेक केही महत्वपूर्ण मन्त्रालयमा पनि दाबी देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह, रक्षा, अर्थ र सञ्चार जस्ता मन्त्रालय आफूले भनेबमोजिमकोलाई बनाउन चाहेका छन् । तर, गृह प्रचण्डले आफू पक्षधरलाई नै बनाउन खोजेका छन् । यसअघि पनि गृहमा रामबहादुर थापा बादल प्रचण्डको रोजाईका हुन् ।

मन्त्रीमण्डलमा ओलीलाई माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको मन समेत राखिदिनुपर्ने अवस्था छ । नेपाल र खनाललाई सन्तुष्ट बनाउन उनीहरु निकट गरी कम्तिमा पाँचजनालाई बनाउनुपर्ने वाध्यता हुनसक्छ ।

यसअघि ओलीको राजीनामा पनि शक्ति बाँडफाँडमा गएर टुंगिएको थियो । जसमा मन्त्रिमण्डल पुर्नगठन र संख्या र मन्त्रालयको विषय पनि रहेको बुझिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्

Screenshot