Logo

आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज



काठमाडौं,  १२ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज  ७४२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम