Logo

अष्ट्रेलियन राजदूतको राष्ट्रपति भण्डारीसँग विदाई भेटवार्ता



काठमाडौं, १२ असोज । नेपालका लागि अष्ट्रेलियाका राजदूत पेटर बडले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूतले आज राष्ट्रपति भण्डारीसँग राष्ट्रपतिको कार्यालय, शितलनिवासमा विदाई भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राष्ट्रपतिबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकामा राजदूत बडलाई बधाई दिँदै भविष्यमा नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्