Logo

काठमाडौं उपत्यकामा एकैदिन ८१७ जना कोरोना संक्रमित



काठमाडौं,  १२ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३  सय  ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ८ सय १७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १०  हजार ८०  जनाको पिसीआर परिक्षणमा १३  सय  ५१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७४२  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५४  हजार  ६ सय ४०  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६४९  जना र ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७४ हजार  ७ सय ४५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्