Logo

कोरोना सङ्क्रमितको मृत्यु



चितवन, १२ असोज: भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गाैलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम