Logo

कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)



काठमाडौं, १२ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ८१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र २ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो । आज काठमाडौं उपत्यकामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीका ३८ वर्षीय महिला
२. भक्तपुरका ५१ वर्षीय महिला
३. बाँकेका ४७ वर्षीय पुरुष
४.गुल्मीका ३४ वर्षीया पुरुष



प्रतिक्रिया दिनुहोस्