Logo

पूर्वसांसद रायको निधन



सप्तरी, १२ असोज: पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मनु भएका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पछि उनी तमलोपामा केन्द्रीय सदस्य बसेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय रहेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्