Logo

भारतमा २०२१ को शुरुतिर कोरोना भाइरसविरुद्धको भ्याक्सिन आइसक्ने



एजेन्सी, १२ असोज । भारतमा सन् २०२१ को शुरुतिर कोरोना भाइरसविरुद्धको भ्याक्सिन आइसक्ने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

मिडिया ब्रिफिङमा भारतका स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले कोरोनाविरुद्धको भ्याक्सिन विकासका लागि तिव्र गतिमा रिसर्चहरु भइरहेको जानकारी दिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार भारतमा विभिन्न चरणमा तीन प्रकारका कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका क्रममा रहेको डा. हर्षवद्र्धनले बताएका छन् । उनले २०२१ को पहिलो त्रैमासिकभित्र कोरोनाविरुद्धको भ्याक्सिन आइसक्ने बताएका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ हजारको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ६० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्