Logo

पटक–पटक जनता मर्कामा पर्ने राजमार्गको विस्तार कार्यलाई चाँडै सम्पन्न गर्नुपर्छ – मन्त्री अर्याल



काठमाडौं, १२ असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटक–पटक जनता मर्कामा पर्ने राजमार्गको विस्तार कार्यलाई चाँडै सम्पन्न गर्नुपर्ने बताएकी छन् । सिद्धार्थ राजमार्गको स्तरउन्नती तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफलमा मन्त्री अर्यालले जनतालाई दुःख दिईरहने सड्क विस्तारलाई दु्रतगतिमा विस्तार गर्नुपर्ने बताएकी हुन्  ।
सिद्धार्थ राजमार्गको बिस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएका जनप्रतिनिधि तथा सरोकारवाला सम्मिलित डेलिगेशन टिमसँग छलफल गरेकी थिईन् ।  सडक विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयका सहसचिव समेतको उपस्थितिमा मन्त्री अर्यालले छलफल बोल्दै सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ति यो राजमार्ग अत्यन्तै जरुरी रहेको बताईन् ।
उचित रुपमा उठेका जनगुनासाहरुको समाधान गर्न राजमार्गको स्तरोन्नती गर्दै जानुपर्ने मन्त्री अर्यालको भनाई रहेको थियो । मन्त्री अर्याल भनिन्, राजमार्गका कारण जनताले पटकपटक क्षती ब्यहोर्नुपरेको गुनासो आएको र त्यसलाई उचित सम्बोधन गरिने छ । ‘सिद्धार्थ राजमार्ग हाम्रा निम्ति अत्यन्तै महत्वपूर्ण राजमार्ग हो, यो राजमार्गसँग यस क्षेत्रको विकासका कुराहरु जोडिएका छन्’, ‘सडक विस्ताका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पछि आइरहेका छन्,  राजमार्गको विस्तार कार्यलाई चााडो भन्दा चाँडो सम्पन्न गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्