Logo

‘खुकुलो कानुन चाहिँदैन, बलात्कारीलाई फाँसी दे’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)



मुकुन्द कालिकोटे : काठमाडौं, १२ आश्विन । बलात्कारीपछि हत्या गरिएकी १२ वर्षिया सम्झना कामीको बलात्कारीलाई फाँसीको सजायको माग गर्दै आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ । विभिन्न पार्टीमा आवद्ध विद्यार्थी र विभिन्न सरोकारवाला संघ/संस्थाले खुकुलो कानुन चाहिँदैन, महिला हिंसा गर्न पाईदैन, सम्झना कामीलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाएका थिए ।

उनीहरुले आफ्नो नांगो शरीरमा जष्टिज फर सम्झना, निर्मला, बलातकारीलाई फाँसी दे जस्ता नारा लेखि शरीरभरी रातो रंग पोतेका थिए । विरोधमा संलग्न प्रदर्शनकारीहरुले ‘बालिका र महिलाहरुको सुरक्षामा ध्यान देऊ’, ‘सरकार मैले कहिले न्याय पाउने’, बलात्कार र हत्याको बर्बरता, एक्काईसौं शताब्दीको सभ्यता जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

गत बुधबार विभत्स अवस्थामा भेटिएकी सम्झनाको पोस्टमार्टमबाट बलात्कारपछि हत्या भएको खुलेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा २० वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ । घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या भएको थियो। सम्झना मष्टा निमाविमा कक्षा ६ मा अध्ययन गर्थिन्। घरकी ठूली छोरी सम्झना हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु भने रोजगारीका लागि भारतमा गएका छन् ।



प्रतिक्रिया दिनुहोस्