Logo

इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित



१२ असोज: इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ ।

सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।

मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । त्यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिले पनि दैनिक तीन हजार ३६२ भन्दा बढी सङ्क्रमित भएको जानकारी दिए ।

इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन् । अहिले अस्पतालमा एक हजार ३७७ जना रहेको पनि उहाँले जानकारी दिए ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्