Logo

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित, मृतकको संख्या १० लाख नाघ्यो



एजेन्सी, १३ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कुल संक्रमित ३ करोड ३५ लाख मध्य मृत्यु हुनेको संख्या १० लाख नाघेको हो ।

विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ । संक्रमितमध्ये २ करोड ४८ लाख संक्रमणमुक्त भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २ लाख ९ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यहाँ ७३ लाख संक्रमित भइसकेका छन् । भारतमा ६१ लाख कोरोना संक्रमितमध्ये ९६ हजारको मृत्यु भइसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन विकास नहुँदा मृतक र संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्