Logo

नेपाली युवाहरू विदेशमा रगत पसिना बगाउन किन बाध्य भए ? १७ हजार मार्ने/मराउने नेताहरुले जवाफ दिनुपर्छ : थापा



काठमाडौं, १३ असोज । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले परिवर्तनको १४ वर्ष पछि नेपाली युवाहरु विदेशमा रगत पसिना बगाउन किन बाध्य भएका छन् ? भन्नेबारे हिन्दूराष्ट्र समाप्त पार्ने र राजसंस्था पाखा लगाउने नेताहरुले अब जवाफ दिनुपर्ने बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्,”नेपाली जनतालाई सदियौं देखिको दासताबाट मुक्त तुल्याउंछौं,मालिक बनाउछौँ,आमुल परिवर्तन गर्छौँ भनेर हिन्दुराष्ट्र समाप्त पार्ने,राजसंस्था पाखा लगाउने,१७हजार मार्ने मराउने नेताहरुले अब जवाफ दिनुपर्छ ‘परिवर्तन’को १४बर्ष पछि पनि किन नेपाली युवाहरु बिदेशमा रगत पसिना बगाउन बाध्य भएका छन्?”



प्रतिक्रिया दिनुहोस्