Logo

ब्याज मिनाहाको माग गर्दै विद्युत् प्राधिकरणमा धर्ना



वीरगंज, १३ असोज । जनता समाजवादी पार्टी पर्साले नेपाल विद्युत् प्राधिकरणमा आज बिहान एक घण्टा धर्ना दिएको छ ।

सांसद प्रदीप यादवको नेतृत्वमा गएको टोलीले लकडाउन अवधिमा विद्युत् प्राधिकरणले लिने गरेको २५ प्रतिशत जरिवाना मिनाहा गर्नुपर्ने, अनियमित विद्युत् कटौती अन्त्य गर्नुपर्ने, विद्युत् प्राधिकरण हातामा पार्किङ र शौचालयको व्यवस्थापन हुनुपर्नेलगायतको माग राख्दै बिहान एक घण्टा धर्ना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्