Logo

बलात्कार अपराधीलाई मृत्युदण्ड दिनुपर्छ ! : डा. भट्टराई



काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार–हत्या प्रकरणमा राज्य नै दोषी रहेको पुष्टि भैसकेको टिप्पणी गरेका छन् । हालै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले राजतन्त्र कालका नमिता–सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्म बलात्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसकेको दाबी गरेका छन् ।

उनले लेखेका छन्,”राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अपराधीलाई मृत्युदण्ड!”

File Photo/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्