Logo

डब्ल्यूएचओले कम आम्दानी भएका देशलाई १२ करोड कोरोना टेस्ट किट प्रदान गर्ने



एजेन्सी १३ असोज। डब्ल्यूएचओले विश्वमा कम र मध्यम आम्दानी भएका देशहरुमा १२ करोड टेस्ट किट उपलब्ध गराउने भएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रिएसिसले ती देशहरुमा टेस्ट किट पुर्याउनका लागि दुईवटा कम्पनीसँग सम्झौता गरेको बताए । उक्त टेस्ट किटबाट १५देखि ३० मिनेटसम्म नतिजा प्राप्त भइसक्ने बताइएको छ ।

उक्त टेस्ट किटको मूल्य ५ डलर वा त्योभन्दा पनि कम हुनेछ । पोजिटिभ रिजल्ट बताउनका लागि त्यसमा दुईवटा ब्लू लाइन हुनेछ ।

हाल विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३४ लाखभन्दा अधिक भइसकेको छ । यसैगरी निको हुने बिरामीको संख्या २ करोड ४७ लाख भन्दा धेरै छ । कोरोना संक्रमणबाट मर्ने मानिसहरुको संख्या भने १० लाख नाघिसकेको छ ।-मेरोलगानी/Photo



प्रतिक्रिया दिनुहोस्