Logo

ठोरीमा जंगली हात्तीको आतंक, धानबालीमा क्षति



वीरगंज, १३ असोज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सोमवार राति जंगली हात्तीले धानबाली खानुको साथै क्षति पु¥याएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट मध्यरातमा निस्किएको हात्तीले ठोरी गापा–३ बुद्धनगरका जोगिन्द्र रामले राखेको धानबाली खानुको साथै कुल्चेर नष्ट गरेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

यसैगरी, इच्छानगरमा पनि हात्तीले धानबालीमा क्षति पु¥याएको छ । घरमा भित्र्याउन राखिएको धानबालीमा हात्तीले क्षति पु¥याएको र तथ्याङ्क संकलन भइरहेको अध्यक्ष बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्