Logo

पुरस्कृतहरुको कारण यसवर्षको पद्यश्री पुरस्कार रद्द



काठमाडौं, १३ असोज । पद्य श्री साहित्य पुरस्कार र पद्यमी साधना सम्मान अन्तमा रद्य गरिएको छ । पुरस्कार दिदै आएको खेमलाल हरिकला प्रतिष्ठानले यस वर्षको पुरस्कार नै रद्द गरेको जानकारी दिएको छ ।

पुरस्कृत घोषित सञ्जीव उप्रेतीले अर्का पुरस्कृत मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा रहन नसक्ने भन्दै सार्वजनिक रुपमा बताए । त्यसपछि प्रश्रितले आफुनो चरित्रहत्या गर्ने गतिविधि भएको भन्दै पुरस्कार नलिने घोषणा गरे ।

अन्ततः पुरस्कार नै रद्द गरिया । ११ असोजमा सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्यश्री साहित्य र मोदनाथ प्रश्रितलाई सम्मान दिने घोषणा गरेको थियो ।

प्रतिष्ठानले भने सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमीको आत्मसम्मानमा पर्न गएको ठेसप्रति क्षमायाचना व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्