Logo

अक्षयको लक्ष्मी बम र वरुणको कुली नं. १ तिहारमा सँगै रिलिज हुने



एजेन्सी, १३ असोज । सिनेमा घर अक्टोबरको दोस्रो साता भारतमा खुल्ने तयारीमा छन् । ६ महिनादेखि सिनेमा हलमा लगाएको ताल्चा अक्टोबरमा खु्ल्ने भएको हो । यति लामो समय बन्द हुँदा सिनेमा क्षेत्रको अवस्था चौपट भएको छ । यस्तो समयमा केही निर्माताले कम मुनाफा भएपछि फिल्म ओटीटी प्लेटफर्ममा बेचेका छन् । यसैमा अक्षय कुमारको लक्ष्मी बम र वरुण धवनको कुली न.१ पनि छन् । यी दुवै ठुला फिल्म हुन् र यीनीहरुबाट सिनेमा घरमा राम्रो व्यापार गर्ने आशा थियो ।

भारतीय समाचार अनुसार यी दुई फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलीज हुने भएका छन् । कुली न. १ अमेजन प्राइम र लक्ष्मी बम नेटफ्लिक्समा रिलीज हुने भएका छन् । तिहार जस्तो चाँडमा दर्शकको लागि यी फिल्म ठुलो सैगात हुनेछ र पहिलो पटक यति ठुलो फिल्मको टक्कर ओटीटी प्लेटफर्ममा हुनेछ ।

सामान्यतया फिल्महलमा सामान्य फिल्मको टक्कर हुन्छ, जतिबेला धेरै धेरै बजेटका फिल्म एकैदिन रिलीज हुन्छन् । ओटिटी प्लेटफर्ममा पहिलो पटक यस्ता ठुला फिल्मले एक आपसमा टक्कर गर्दैछन् । दुवै ठुला ब्यानरका फिल्म हुन् र दर्शकमाझमा पनि दुवैको उस्तै क्रेज छ ।

वास्तवमा अक्षय कुमारको लक्ष्मी बम तमिल मुवी मुनी २ः कंन्चनाको हिन्दी रिमेक हो । राघव लारेन्सद्धारा निर्देशित यस फिल्ममा किआरा आडवाणी पनि छन् । अर्को फिल्म कुली न. १  १९९५ मा रिलीज भएको फिल्मको रिमेक हो । डेविड धमनले निर्देशन गरेका यो फिल्ममा वरुण धमन, सारा अलि खान र परेश रावल मुख्य भुमिकामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्