Logo

दिपिका, सारा र श्रद्धा कपुरमा लागुऔषधको प्रमाण भेटिएन



एजेन्सी, १३ असोज । बलिउडका चार अभिनेत्रीहरु सारा अलि खान, दिपिका पादुकोण, रकुल प्रित र श्रद्धा कपुर यस समयमा एनसीबीको निगरानीमा छन् । सुशान्त सिंह रजपुत केस लागुऔषध मुद्दामा मुछिएपछि यी चार अभिनेत्रीको नाम पनि जोडिएको थियो । लागुऔषध लिने वा लागुऔषध व्यवसायीसँग सम्बन्ध राखेको आरोप उनीहरुमाथि लगाएको छ ।

पछिल्लो हप्तामा एनसीबीले सबै अभिनेत्रीहरुसँग सोधपुछ गरेको थियो, केही घन्टाको सोधपुछ पछि सबैजना फर्किएका थिए । तर सबैको मोवाइल भने जफत गरेको छ ।

भर्खर प्राप्त समाचार अनुसार एनसीबीले अहिलेसम्मको अनुसन्धानमा दिपिका, सारा र श्रद्धा कपुरको ड्रग व्यवसायीसँग कुनै सम्पर्क भएको पत्ता लागेको छैन् । एनसीबीका एक अधिकारीले हालसम्म चार नायिकाको लागुऔषधमा कुनै कनेक्सन नभेटेको र दिपिकाको म्यानेजर करिश्मासँग भएको च्याटमा कुरा सिगरेटको भएको जानकारी दिए ।

सारा अलि खानले पनि आफुले ड्रग लिएको अस्विकार गरेकी छिन् । यो भन्दा अगाडी नै अभिनेत्री श्रद्धा कपुरले कुनै बाहिरी कामको लागि एक पटक प्रयोग गरेको एनसीबीलाई बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्