Logo

कंगना रनौटको पहिलो किस



एजेन्सी, १३ असोज । बलिउड अभिनेत्री कंगना रनौटले स्पष्ट रुपमा आफ्नो विचार राख्छिन् । खुल्ला विचार राखैकै कारण पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनी आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलस्त कुरा राख्छिन् ।

कंगनाले पहिलो पे्रमको मात्र नभएर पहिलो किसको अनुभवको बारेमा बताएकी छिन् । उनको पहिलो चुम्बनमा कुनै जादुई थिएन् । उनले पहिलो प्रेम आफुले मन पराएको तर अभिव्यक्त गर्न नसकेको व्यक्ति आफ्नै शिक्षक भएको बताएकी छिन् । उनी १५, १६ वर्षको उमेरमा दोपट्टा लगाएर शिक्षकको कल्पना गरेर समय बिताएको रमाइलो अनुभव सेयर गरेकी छिन् ।

उनले पहिलो १७ देखि १८ वर्षमा रिलेशनसिपमा पन्जाबी केटासँग भएको र साथीसँग डेटमा जाँदा भेट भएको पनि खुलाशा गरेकी छिन् । उनले भनिन्, ‘केटा भने २८ वर्षका थिए, तर म १६ देखि १७ वर्षकी । मलाई हेरेर उसले भन्यो –तिमी त बच्ची हो ।’ त्यत्ति बेला चाही कंगनाको दिल टुटुेको थियो ।

कंगनाले पहिलो चुम्बनको बारेमा भनिन्, पहिलो चुम्बनको अनुभव बिल्कुलै म्याजिक थिएन् । मलाई थाहा नै थिएन् मैलै ब्वाई फेन्डलाई किस गर्ने कोशिश गरे तब उस्ले मुख हल्लाउन भन्यो तर मैले जानिन । तर मैले धेरै माया गरेको थिए । पछि मैले भने मलाई फेरी मौका दिनु म जान्ने कोशिश गर्छु । कंगनाले कयौपटक आफ्नै हातमा किस गरेर सिक्ने अभ्यास गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्