Logo

स्थानीयको अवरोधका कारण भेरी-बबई राष्ट्रिय गौरवको आयोजना समयमा नसकिने आशंका



काठमाडौं, १३ असोज । राष्ट्रिय गौरबका ठुला आयोजनामध्य एक हो भेरी बबई डाइभर्जन परियोजना जस अंतर्गत भेरी नदीको पानी बबई नदीमा खसाली उक्त क्षेत्रको करिब ८४ हजार हेक्टर जमिनलाई सिंचाई गरी सुविधा पुर्याउने योजना रहेको छ । करिब ६ अरब को उक्त महत्वपुर्ण आयोजनामा २०७६ साउन बाट सुरुभई राम्रै गति लिन लागि सकेको थियो र आयोजना समयमै सकिन्छ की भन्नेमा सबै आशावादी थिए । तर बिगत केही महिनादेखी स्थानियको अवरोध र टोले गुन्डा हरुका कारण उक्त आयोजनाको काम ठप्प जस्तै भएको छ ।

यस आयोजनाको निर्माण कार्यको जिम्मा पाएको ग्वाँड्डङ–रमण जे भीले काम गर्ने वातावरण नरहेको बताएका छन । स्थानिय टोले गुन्डाहरुले कुटपिट गर्ने र ज्यान मार्ने सम्मको धम्कि दिईरहेको र जुनसुकै बेला अप्रिय घटना हुनसक्ने देखिएको छ । बिगत केही महिनादेखि स्थानीय गुन्डाहरु आयोजनाको कार्यस्थल र मुख्य कार्यालयमा गई धम्काउने, चन्दा माग्ने र विभिन्न किसिमका नाजायज माग राखी तालाबन्दी गर्ने र बाटोसमेत अवरोध गर्ने गरेको पाइएको छ ।

यती लामो रमयदेखी चलिरहेको समस्या र अवरोधमा आयोजना कार्यालय सुर्खेत र मुख्य कायालय काठमाडौ समेत मौन रहेको पाइएको छ। यस विषयमा थप जानकारी लिन उक्त आयोजनाका प्रमुख संग संपर्क गर्दा उन्लेपनी चित्त बुभ्mदो जवाफ दिन सकेनन । उनका अनुसार यस्ता समस्या ठेकेदार कंपनी स्वयंमले मिलाउनुपर्ने र यस्मा आयोजनाले केहीगर्न नसक्नेजस्तो गैरजिम्मेवार जवाफ दिए ।

काम गर्न गाह«ो भएको र जीउधनको खतरा भएको हुनाले रात–बिहान जे पनी दुर्घटना हुनसक्ने हुँदा सेना वा प्रहरी खटाएर भएपनी उचित सुरक्षाको प्रत्यभुती गराई काम गर्ने वातावरण बनाउन उक्त आयोजनामा काम गर्ने कर्मचारीले जोडदार माग राखेका छन । कुनैपनि अप्रिय घटना भएमा त्यसको सम्पुर्ण जिम्मेवारी सरकारको हुने छ, अतः जतिसक्दो चाँडो सुरक्षा प्रदान गरी ज्यान धन सुरक्षित पारियोस भन्ने उनीहरुको माग छ ।

यस आयोजनामा अन्य प्राविधिक समस्याहरु पनि देखापरेका छन् । आयोजना सुरु हुनु अघि फाईनल गरिएको डिजाईन, ठेक्का लागी सकेर ठेकेदार कंपनीले निर्माण कार्य सुरु गरिसकेपछी पुनः डिजाईन परिमर्जन गरिएको र उक्त डिजाईन हाल सम्मपनी पास नभई सकेको हुनाले निर्माण कार्यमा केही अन्यौलता देखिएको छ ।

उक्त आयोजनाको एउटा मुख्य भाग भनेको पावरहाउस निर्माण कार्य रहेको छ । जसको निर्माण अहिलेसम्म सुरु भई सक्नुपर्ने थियो तर ठेकेदारले साईट पोजेशन अर्थात साइट हस्तांतरण नपाएकाले सो को काम समेत सुरु हुन सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाका निर्माण कार्यमा आयोजना तथा कन्सल्टेन्टको अनिवार्य उपस्थिति हुनुपर्नेमा यो आयोजना सुरुभएको १ वर्ष बित्न लागीसक्दा समेत दुबै जिम्मेवार निकायहरुको उपस्थिति नरहेको पाईएको छ । यस्ता थुप्रै समस्याले गर्दा यस आयोजनाको निमाण कार्य पाएका निर्माण व्यवसायी हतोत्साहित भएका छन । राष्ट्रिय गौरबका कयों आयोजनामध्ये एक महत्वपुर्ण यो आयोजना ५ वर्षभित्र सकिनुपर्नेमा यस्ता समस्या र अवरोधका कारण समयमा नसकिने संभावना बढ्दै गएको छ । जुन राष्ट्रका लागिनै ठुलो घाटा हुनेछ ।

ठुला आयोजनाका काम हुँदा धेरै जस्तो प्रोजेक्टको डिजाईन बिचमै बदलिने, साईट पोजेसन अर्थात साइट हस्तान्तरण समयमा नहुने, ठेकेदारलाई समयमा भुक्तानी नदिने र सबै आरोप ठेकेदार कंपनीमाथी थोपर्ने जस्ता प्रविधिले गर्दा नेपालमा अधिकांश आयोजनाहरु समयमा पुरा न हुने र निर्माण कार्यमा सरकारको लागत समेत बढ्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्