Logo

मरेपछि पनि सर्पले राख्यो आफ्नो हत्यारामाथि नजर



हामी सबैले सर्पले टोकेको बारेमा सुनेकै छौ । गाउँमा प्राय यस्ता घटना सुन्दै आएका छौ । तर आज हामी सर्पले टोकेकोसँग सम्बन्धित आश्चर्य लाग्दो कुरा गर्छौ ।

वास्तवमा अमेरिकामा हाल जेनिफर सटक्लिक नामक एक महिला एक दिन बगैचामा काम गरिरहेकी थिइन् । बगैचा सफा गर्ने क्रममा चार फुट लामो एक विषालु लामो सर्प देखिन् । उनले सर्पको टाउको छिनाइन् । टाउको अलग गरेर सर्प मरेको ठानेर फालिदिइन् । तर अचानक सर्पको काटेको टाउकोले उनलाई डस्यो ।

युनिवर्सिटी अफ एरिजोनाको डाक्टर लेस्ली बायरले सर्पलाई मार्नु उचित नभएको बताएकी छिन् । खासमा सर्पको टाउको छिनाउनु धेरै खतरा हो । उनले कुनै पनि सर्पलाई मारेपछि यसको काटिएको टुक्रा उठाउदा विषको सम्र्पकमा जानुपर्ने बताइन् ।

केहि समय अघि उनै महिलाको पतिलाई पनि सर्पले टोकेपछि विष सरेको थियो । विष लागेका उनको कोर्पस क्रिप्टी स्थित घरबाट अस्पताल लगिएको थियो । उनलाई एक हप्तासम्म अस्पतालमा राखेपछि मात्र खतराबाट बाहिर आएका थिए । उनको मृर्गौलामा समेत समस्या आएको छ ।

यस घटनाले सर्प मरेको केही घन्टापछि पनि टाउको जिउँदै रहन्छ भन्ने पुष्टि हुन्छ । यसकारण सर्प मार्नबाट बचौ । यदि मार्नै परेमा केही घन्टा सावधानी अपनाऔ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्