Logo

बुहारी मार्ने जेठाजु थुनामा



काभ्रें, १३ असोज । बुहारीको हत्याका अभियुक्त जेठाजुलाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत काभ्रेले आदेश दिएको छ । काभ्रे नमोबुद्धका सुदर्शन अधिकारीले भाद्र १८ गते बुहारीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बुहारी रन्जना र जेठाजु सुदर्शनको जग्गा तथा भुकम्प पीडित अनुदानमा विवाद हुँदै आएको थियो । रन्जनाको हत्यामा सासु चित्र कुमारी र ससुरा विष्णुप्रसादलाई सम्लग्नता नपाएपछि सामान्य तारेखमा छाडेको छ भने श्रीमान् शंकरलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्