Logo

कोरोना संक्रमणबाट वृद्धको मृत्यु



वीरगंज, १३ असोज । कोरोना संक्रमणको कारण वीरगंजमा थप एकजनाको मृत्यु भएको छ । सोमवार राति वीरगंजको नेशनल मेडिकल कलेज कोरोना अस्पताल, नगवामा उपचारको क्रममा सर्लाही, बरहथवा वडा नं. ६ का ७० वर्षीय वृद्धको मृत्यु भएको डा. असरफ हुसेनले बताए । आइतवार राति उनको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएकोपछि सोमवार अस्पतालमा भर्ना भएका थिए ।

उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगबाट ग्रसित वृद्धको गएराति मृत्यु भएको डा हुसेनले जनाएका छन् । यसैगरी पर्सा, बारा र सर्लाहीका २६ जनामा कोरोना पोजेटिभ भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नारायणी अस्पताल, वीरगंजको प्रयोगशालामा १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा पर्सा र बाराको २५ जनामा र सर्लाहीका एकजनामा कोरोना संक्रमित भएको जिप्रका, पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्