Logo

कोरोना संक्रमणबाट आज मृत्यु भएका १० जना को को (विवरणसहित)



काठमाडौं, १३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ९१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ७ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ प्रतिशत हो ।

आज मृत्यु हुनेहरुमा ५ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण

१. मोरङका ६८ वर्षीय पुरुष
२. सर्लाहीका ७२ वर्षीय महिला
३. महोत्तरीका ५८ वर्षीय पुरुष
४.काठमाडौंका ६० वर्षीया महिला
५.काठमाडौंका ५७ वर्षीय महिला
६.काठमाडौंका ७० वर्षीय पुरुष
७.चितवनका ५५ वर्षीय पुरुष
८.बाकेका ८६ वर्षीय महिला
९.बाकेका ५३ वर्षीय पुरुष
१०.बाकेका ३९ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम