Logo

प्रविण बेडवालको नयाँ गीत ‘मुटुभित्रै राख्छु’ सार्वजनिक, प्रतिशा र नवराजको अभिनय (भिडिओसहित)



काठमाडौं, १३ असोज । प्रविण बेडवालको स्वर रहेको ‘मुटुभित्रै राख्छु तिमीलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । दुर्गाप्रसाद कडारिया नामक युट्युब च्यानलमार्फत उक्त भिडिओ हिजो (सोमबार) रिलिज भएको हो । गीतको भिडिओमा प्रतिशा रिजाल र नवराजसिंह खड्को अभिनय रहेको छ ।

दुर्गाप्रसाद कडारियाको शब्द र रमेश कडारियाको संगीत रहेको उक्त गीतको सम्पादन तथा निर्देशन रिकेश बज्राचार्यले गरेका हुन् । भिडियोको छायांकन विशाल श्रेष्ठले गरेका हुन भने एरेन्ज उदयराज पौडेलले गरेका छन् । प्रतिशाले अभिनय गरेको यो दोस्रो भिडिओ हो ।



प्रतिक्रिया दिनुहोस्