Logo

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश-२ मा विवाद



वीरगंज, १३ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश-२ को अध्यक्षमा आफ्नो दावेदारी गरेपछि दुई समूहबीच विवाद उत्पन्न भएको छ । शिवकुमार सर्राफ र रामजी साह समूहले छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरी सर्वसम्मतले आफूलाई अध्यक्ष चयन गरेका छन् ।

मंगलवार नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरी रामजी साहले शिवकुमार साह समूहले गरेको अधिवेशन विधानविपरीत भएको आरोप लगाए । उनले आफूहरुले गएराति ११ बजे धनुषाको ढल्केवरमा अधिवेशन गरी पदाधिकारी चयन गरेको बताए । रामजी साहको समितिमा उपाध्यक्षद्वय सन्तोष साह, विशेश्वरप्रसाद साह, सचिव भीमबहादुर विक, कोषाध्यक्ष देवकृष्ण सिंह, सहसचिव राकेश सर्राफ, सहकोषाध्यक्ष विश्वनाथ साहलगायत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यसअघि सोमवार शिवकुमार साह समूहले हरिओम पार्टी प्यालेसमा अधिवेशन गरी पदाधिकारी चयन गरेको घोषणा गरेको थियो । यसबारेमा अधिवेशनका लागि आमन्त्रित केन्द्रीय सदस्य भरत अग्रवालले पत्रकार सम्मेलनमा सर्राफ र साहको समितिको नामावली केन्द्रीय महासङ्घको बैठकमा प्रस्तुत गरी सत्य तथ्य बुझेर विवाद साम्य गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्