Logo

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ को मृत्यु



सान फ्रान्सिस्को, १४ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख ५० हजार एकर०मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।

डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्