Logo

सात जना हत्या आरोपी कारागार चलान



अछाम, असोज १४ । कर्तव्य ज्यान मुद्धाका सात जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन ।

गत भदौ १६ गते कुटपिट बाट गम्भीर घाइते भएका मंगलसेन नगरपालीका वडा नम्बर १४ कालागाउँका सन्तोष भण्डारीको जिल्ला अस्पतालमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्यु भएका भण्डारीको हत्यामा संलग्न भएको आरोपमा सात जनालाई कारागार चलान गरिएको हो।

भण्डारीको उपचारको क्रममा अछाममा ज्यान गएको थियो। घटनामा कर्तव्य ज्यान मुद्धा लागेका दुई जना बालकलाई भने बाल सुधार गृहमा पठाइएको छ।



प्रतिक्रिया दिनुहोस्