Logo

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली, केहि स्थानमा भारी बर्षा



काठमाडौं, असोज १४ । वंगालको खाडीमा न्युन चापीय क्षेत्र कायम रहेका कारण उक्त प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्