Logo

घरबहाल छुट गर्ने घरधनीलाई बहालकर छुट गर्न उबासंघ बुटवलको सरकारसँग माग



बुटवल, १४ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस कोभिड–१९ का कारण समस्यामा परेको समयमा घरबहाल छुट गर्ने घरधनीलाई बहालकरमा छुट गर्न सरकारसंघ माग गरेको छ । संघले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय समेत गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यबसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको हो ।

कोरोना भाईरस कोभिड–१९ का कारण सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यबसाय ठप्प भएकोले व्यबसायीलाई केही हदसम्म भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघले महामारीको समयमा आफ्नो घर भवनमा व्यबसाय गरेका उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत विश्वास गरेको छ ।

त्यस्तैगरी महामारीको समयमा गरिएको सीमानाका नियन्त्रणलाई निरन्तत्रा गर्न समेत संघले आग्रह गरेको छ । सीमानाकालाई नियन्त्रण गर्दा बैद्य कारोवारलाई प्रोत्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सीमानाकालाई नियमित कडाई गर्न आग्रह गरिएको हो ।

त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारण सभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाईरस ९कोभिड–१९० को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, देखि ३० गतेलाई तय गरेको साधारण सभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot