Logo

प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने



काठमाडौं, असोज १४ । सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा ५ प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने भएको छ ।

नेपाल प्रहरीमा हाल रिक्त रहेको ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् । हाल मन्त्रिपरिषद्मा पुगेर बसेको थप दरबन्दीको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।

८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी प्रहरी वरिष्ठ उपरीक्षक लागिपरेका छन् । बढुवाका लागि हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपी दौडधूपमा लागेका आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्