Logo

विश्वभर ३ करोड ३८ लाख कोरोना संक्रमितमध्ये साँढे दुई करोड संक्रमणमुक्त



काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ३८ लाख नाघेको छ । जसमध्ये २ करोड ५१ लाख संक्रमणमुक्त भएका छन् ।

वल्डोमिटरका अनुसार ७६ लाख सक्रिय संक्रमित छन् । मृतकको संख्या १० लाख नाघेको छ ।

अमेरिकामा सबैभन्दा बढी ७४ लाख संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख १० हजारको मृत्यु भइसकेको छ । भारतमा ६२ लाख संक्रमित मध्ये ९७ हजारको मृत्यु भएको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्