Logo

वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट



वीरगंज, १४ असोज । भारतीय यात्रीलाई वीरगंज बसपार्कबाट कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट जारी गरी नेपालको विभिन्न भागमा पु¥याइने गरेको तथ्य खुल्न आएको छ । नेपालमा सार्वजनिक यातायात सञ्चालन भएप्छि भारतीय यात्रीलाई पिसिआर अनिवार्य गरिएको छ । अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।

वीरगंजमा पिसिआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ । तर यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट थोरै पैसा लिएर उपलब्ध गराउने गरेको एकजना यात्रीले बताए । असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायातमा भारतीयहरूलाई अनिवार्यरूपमा पिसिआर रिपोर्ट हुनुपर्ने र नेपालीको हकमा नागरिकता लिएर यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वीरगंजबाट अहिले दैनिक काठमाडौं, पोखरा, नारायणगढ जाने बसमा ८० प्रतिशत यात्री भारतीय हुने गरेको पाइएको छ । वीरगंजबाट जाने यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नै नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउँछन् । नारायणी अस्पतालले भारतीयहरूको पिसिआर परीक्ष्Fण जिल्ला प्रशासन कार्यालयको आदेशमा रोकिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्