Logo

२१ जनामा कोरोना संक्रमण पुष्टि



वीरगंज, १४ असोज । पर्सा, बारा, मकवानपुर र रामेछापका २१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजले जनाएको छ । मंगलवार राति प्रयोगशालामा १९८ जनाको स्वाब नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जानकारी गराएको छ ।
वीरगंज महानगरपालिकाका ७ जना, बाराका ७ जना, मकवानपुरका १ जना, रामेछापमा १ जना र ठेगाना खुल्न नसकेका ५ जना गरी २१ जना सङ्क्रमित पुष्टि भएको जिप्रका, पर्साले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्