Logo

बाबरी मस्जिद भत्काएको मुद्दामा लालकृष्ण आडवाणीलगायत ३२ जनालाई अदालतद्वारा सफाई



एजेन्सी, १४ असोज । बाबरी मस्जिद भत्काएको आरोपमा मुद्दा खेपिरहेका भारतका भूतपूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीसहित ३२ जनाले सफाई पाएका छन् । आज लखनऊस्थित सीबीआई अदालतले ३२ आरोपीलाई सफाई दिएको हो ।

सफाई पाएकाहरुमा भारतीय जनता पार्टीका पाका नेता आडवाणीसहित मुरलिमोहन जोशी र उमा भारती पनि छन् ।

अदालतको फैसलाको आडवाणी र जोशीले स्वागत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सफाई पाएकाहरुमा विनय कटरिया, धर्मदास, भेदान्ती, लल्लु सिंह, चम्पट राय र पवन पाण्डे अदालतमा आफै उपस्थित भएका थिए । आडवाणी, जोशी, नृत्य गोपाल दास, उमा भारतीय र सतिश प्रधान फैसलाको बेलामा अस्पतालमा रहेको जनाइएको छ ।

६ डिसेम्बर सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको विषयमा मुद्दा दायर भएको थियो ।

यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कँग्रेस आईले राजनीतिक पूर्वाग्रहले दोष लगाएको टिप्पणी गरेका छन् । अदालतको फैसलाको स्वागत गर्दै कँग्रेस आईले माफी माग्नुपर्ने भनेका छन् ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्